Subscribe our youtube channel to get educational videos. Subscribe

मिडिया साक्षरताको महत्व निबन्ध -Importance of Media Literacy Nepali Essay (500words)

मिडिया साक्षरताको महत्व निबन्ध-For all classes


{tocify} $title={Table of Contents}

मिडिया साक्षरता भनेको के हो ?(What is media literacy?)


मिडिया भनेको लेख, दृश्य भिडियोमार्फत सूचना, जानकारी तथा समाचार प्रवाह गर्ने विधुतीय साधन तथा डिजिटल सामाग्रीहरू हन् रेडियो, टेलिभिजन, मोबाइल फोन, पत्रपत्रिका, इन्टरनेट आदि सबै मिडियाभित्र पर्दछन् साक्षरता शब्दले प्राय: पढने लेख्ने क्षमतालाई जनाउँछ पढ्ने साक्षरता मिडिया साक्षरतामा खासै फरक छैन, दुबै उस्ताउस्तै हुन् सरल भाषामा भन्नुपर्दा मिडिया साक्षरता भनेको मिडियाले प्रवाह गर्ने समाचार, जानकारी तथा सन्देशहरूलाई विश्लेषण, समालोचना बुभ्नसक्ने क्षमता हो प्राप्त समाचारको विश्लेषण मूल्यङ्कन गरी सत्यता पत्ता लगाउनसक्ने योग्यता हो अमेरिकामा अवस्थित मिडिया साक्षरताको राष्ट्रिय आयोगले यसलाई अझ विस्तारमा मिडियाको विश्लेषण, मूल्याङ्कन तथा सिर्जना गर्न सक्ने कार्य क्षमताको रूपमा परिभाषित गरेको मिडिया साक्षरताको प्रावधान ल्याउने व्यक्ति जोन एम कुल्किन हुन् सन्१९२८मा मिडिया साक्षरता सम्बन्धी पाठ्यक्रम सुचारु गरेर उनले मिडिया साक्षरताको प्रावधान अगाडि सारेका हुन्   

मिडिया साक्षरता को आवश्यक्ता-Need of media literacy

Image Credit:UNICEF Nepal


आज हाम्रो संसार सारै तिव्र गतिमा चलिरहेको विश्व क्षणक्षणमा बदलिरहेको विज्ञान तथा प्रविधि आजभन्दा भोलि भोलिभन्दा पर्सि झनभन्दा झन ठूला चमत्कारहरू गरिरहेको विज्ञान प्रविधिको विकासका कारण मिडिया तथा सूचना प्रविधिले समेत व्यापकता ग्रहण गरेको आजको व्यस्त समयमा छिटो छरितो सूचना, जानकारी तथा सन्देशहरू प्राप्त गर्न बच्चादेखि बुढा बृुढादेखि युवा सबै उमेर समूहका मानिस मिडियामा भर पर्न थालेका छन् सूचना तथा जानकारीहरूमा के देखाउन, कस्ता कुराहरू देखाउने, कसरी देखाउने, कसको पक्ष विपक्ष लिने सब मिडियाको हातमा मिडियासँग हाम्रो साँचाइ, बुझाइ, भावनामाथि नियन्त्रण त्यसलाई परिवर्तन गर्न सक्ने नराम्रो शक्ति यसले हाम्रो व्यक्तिगत जीवन, सामाजिक जीवन ,राष्ट्र विश्वलाई समेत नराम्रो प्रभाव पार्न सक्छ त्यसैले झुटा तथा तथ्यहीन समाचारहरूलाई हाम्रो मन मस्तिष्कमा हावी हुन नदिनका लागि आज मिडिया साक्षरता नामक चाँवीको आवश्यक्ता परेको हो

 डिजिटल मिडिया तथा सूचना प्रविधिको यस युगमा मिडिया साक्षरता हरेक व्यक्ति देशका लागि अति आवश्यक बनेको सबै नेपालीको हातहातमा मोबाइल फोन, घरघरमा टेलिभिजन नपालका दुर्गमभन्दा दर्गम ठाउँमा पनि इन्टरनेटजस्ता मिडियाको पहँच पुगेकाले नेपाल नेपालीका लागि पनि मिडिया साक्षरता नभई नहुने अपरिहार्य चिज बनेको त्यसैले नेपालजस्तो विकासशील मुलुकमा मिडिया साक्षरताको ठुलो महत्व मिडियाले प्रवाह गरेका झुटा तथा तथ्यहीन समाचारहरूको मूल्याङ्कन विश्लेषण गर्ने क्षमता विकास गरेर सत्य तथ्य जान्न पाउने हाम्रो लोकतान्त्रिक हकको सुरक्षा मिडिया साक्षरताले गर्छ यसले हामीलाई मिडियाको झुटा सूचनाका आधारमा कसैको पक्ष विपक्ष नलिएर निष्पक्ष बन्ने शिक्षा समेत दिन्छ मिडिया साक्षरताले तथ्यहीन सूचनाका आधारमा     इज्जतमाथि लाञ्छना लाग्न नदिने हुनाले यो हाम्रो व्यक्तिगत मान,सम्मान,इज्जत प्रतिष्ठाको पहरेदार समेत बनेको  छ। मिडियाको बढ्दो प्रयोगले नेपाली सँस्कृतिमा अथाह विकृति नकारात्मक प्रभावहरू भित्रिएका छन् अतिरञ्जित समाचार राखेर भ्युवर बढाउने, मनिटाइज गरेर पैसा कमाउने उद्देश्यले खुलेका अनलाइन, युट्युव वा अन्य सामाजिक        सञ्जालले गलत सूचना प्रवाह गर्दा नेपाली सँस्कृति धरापमा पर्न थालेको यस्तो अवस्थामा मिडिया साक्षरताले मिडियाका दस्प्रचारका बारेमा सचेत सजग गराएर नेपाली सँस्कृतिको संरक्षणमा प्रभावशाली बनेर उभिएको मिडियाको माध्यमबाट सरकारले दिने गलत सूचना जानकारीले सत्य तथ्य राष्ट्रिय महत्वका क्राहरू जान्न  पाउने हाम्रो संवैधानिक, लोकतान्त्रिक नागरिक हकको अपहेलना गर्छ मिडिया साक्षरताले हामीलाई यसका विरुद्ध प्रश्न गर्न, मुल्याङ्कन गर्न आलोचना गर्न प्रेरित गर्छ जसका कारण सरकार पनि लाचार भएर हाम्रा प्रश्न मागको उत्तर दिन, सत्य तथ्य बताउन वाध्य बन्छ। यसरी मिडिया साक्षरताले हामी नेपालवासीलाई सत्मार्गतर्फ नेपाललाई विकास पथतर्फ अग्रसर गराउन सहयोग पुर्याउँछ     

नेपाल मा मिडिया साक्षरताको अवस्था -Condition of media literacy in Nepal



दुर्भाग्यवश नेपालका हरेक कुना काँप्चा सबै नेपालीहरूमा मिडिया साक्षरताको पहुँच पुग्न सकेको छैन थुप्रै नेपली नागरिकहरू मिडिया साक्षरताको उज्यालोबाट बञ्चित छन् सोही कारण थुप्रे नेपालीहरू झुटा समाचारको जालमा परिरहेका छन्‌, तथ्यहीन समाचारलाई सत्य मानिरहेका छन् जनतालाई झुटो तथ्य देखाएर भ्रममा पार्ने भ्रामक समचारहरू दिन दिनै प्रकाशनमा आउँदै छन् सथ्य,तथ्य छुट्याउन नसक्ने भोला भाला मानिसहरू समस्यामा परिरहेका छन् विद्यार्थीहरूले गलत जानकारी हासिल गरिरहेका छन्जसले गर्दा उनीहरूको शिक्षा दिक्षामा नराम्रो प्रभाव परिरहेको देशका कर्णघारनै अशिक्षित भएपछि देशको हालत के होला भन्न सकिन्न यसरी झुटा भ्रामक समाचारले नेपालमा सारै नराम्रो प्रभाव पारिरहेको      

      आज पनि जब सारा विश्व एक भाइरल महामारीसँग लडिरहेको , हामी साथसाथै नक्कली समाचारको इन्फारडामक्ससँग सङ्घ गरिरहेका छौं प्रस काउन्सिल नेपालको २२,२०२०को प्रतिवेदन अनुसार विभिन्त अनलाइन पोर्टलबाट १६० बटा झुटा तर्कहीन समाचार छाँपिएको कुरा अगाडि आएको जसमध्ये ७० वटा अनलाइन वेबसाइटलाई प्रतिबन्ध लगाइएको प्रकाशकहरूसँग स्पष्टिकरण मागिएको त्यसैले नेपालमा मिडियाको हालत सार खराब बन्न पुगेका छ।    

Conclusion

अत: नेपालमा मिडियाको दुत गतिमा विकास हुनुका साथै झुटा तथ्यहीन समाचारको प्रकाशन बढेकाले     जनतालाई सचेत जागरुक बनाई सही सूचना छनोट गर्नसक्ने बनाउन, समाजमा हुनसक्ने गलत कृयाकलापलाई      रोक्न, कुनै व्यक्ति वा राजनीतिक दलका गलत क्रियाकलाप रोक्न, नेपाली संस्कृति, परम्परा सामाजिक मूल्य मान्यताको संरक्षण गर्न मिडिया साक्षरताको खाँचो परेको कछवाको सुस्त गतिमा भएपनि नेपालमा मिडिया साक्षरता सम्बन्धि केही केही कार्यक्रमहरू सञ्चालन हुन थालेका छन् रेडियो टेलिभिजनमा मिडिया साक्षरता सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन् विद्यालय तहमा कम्प्युटर शिक्षाको माध्यमबाट मिडिया साक्षरताको सीप सिकाइएको सरकारले पनि आफ्नो तहबाट नियम, कानून मापदण्ड बनाएर सक्दो कोसिस गरिरहेकै आजभोलि बालबालिका पनि मिडियाको पहँचमा आएकाले अभिभावकले पनि मिडिया के हो, यसले कसरी सूचना प्रवाह गर्छ कस्तो मिडिया राम्रो हो, कस्तो मिडिया नराम्रो हो,कस्तो खबर साँचो हो अनि कस्तो खबर झुटो भनेर आफैँले आफ्ना बालबालिकालाई सचेत गराउनु पर्छ सबैले -आफ्नो तर्फबाट कोसिस गरे मिडिया साक्षरताको उज्यालो नेपालभरि छर्न सकिन्छ



Hi there! I'm Samir and the founder of HaamroNotes. I am here to help students like you in completing your notes. facebookyoutube

Post a Comment

If you like our content and want more of this and if you need any sort of help then please comment here. Peace..
Post a Comment